Rule 32
प्रमाण पेश गरी मात्र किस्ता रकम घटाउन पाउने
देहायका प्रमाणहरू विभागमा पेश गरेको अवस्थामा सो प्रमाणबाट प्रमाणित हुने रकमसम्म ऐनको दफा ९४ को उपदफा (१) बमोजिम गणना गरिएको किस्ता रकमबाट घटाई दाखिल गर्न सकिनेछः–
(क) ऐनको परिच्छेद–१७ बमोजिम अग्रिम कर कट्टी गरिएकोमा दफा ९१ को उपदफा (१) बमोजिम जारी गरिएको कर कट्टी प्रमाणपत्र,
(ख) औषधी उपचार बापत कर मिलान दावी गरेकोमा औषधी उपचार बापत भएको स्वीकृत औषधी उपचार खर्चको विल, भर्पाई ।